Header Ads

तीन गोली लागेपछि मात्र ढले रोहीत ।

भाद्र २४ रोल्पा
रोल्पाको सुलिचौरमा गोलि हानेर एक युवको हत्या भएको छ । गोलीबाट रोल्पा नगरपालिका २ सिमालबाङ का रोहीत पुनमगरको मृत्यु भएको छ । हत्याको आरोपमा रोल्पा रोल्पा न.पा. १० धबाङका देबबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोली लागेर मृत्यु भएका रोहीत पुन
फोटो उनको फेसबुक वाल बात।
करिव ५ बजेतिर गरेको ३ राउण्ड गोलीबाट करिव २८ वर्षिय रोहीत पुनमगरको मृत्यु भएको हो । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरमा रहेको रेशप्वाइन्ट होटेलमा दुवैे जना रहेका बेलामा विगतदेखिको केही मनमुताव भएपछि होटेलमै गोली हानी हत्या गरेका हुन सक्ने प्रहरी श्रोतले बताएको छ । सुलिचौर इलाका प्रहरी कार्यालय अगाडि नै गोली हानी हत्या भएको हो । गोली लागेर मृत्यु हुने नेपाल तरुणदलका रोल्पा नगर अध्यक्ष रोहीत पुनमगर रहेका छन् । रोहित पुनमगर केही दिनको भ्रमणपछि सुलिचौरमा आएको र देवबहादुर पनि त्यही सुलिचौरमा भएको बेलामा झडव भएको हो । 





किन गोली हानेको भन्ने प्रारम्भिक बयानमा देवले आफूलाई केही समूहले आक्रमण गरेको र आफूले प्रतिरक्षाका लागि गोली हानेको मात्रै बयान दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । नेपाल तरुणदलको रोल्पाका अध्यक्ष तिरशपति बुढामगरले सानै उमेरमा व्यक्तिगत रिसइवीका कारणले यो स्तरसम्म पुगेको बताउनुभयो । उहाँले ति दुइ बीचको मनमुतावलाई हल गर्नका लागि आफू निरन्तर लागेको भए पनि अन्तिममा मृत्यु नै भएको बुढामगरले बताउनुभयो ।


हाल जिल्ला प्रहरी कार्यालदय रोल्पा प्रहरी प्रमुख दिपक खड्का घटनास्थल सुलिचौर पुग्ने भएको छ । हाल सुलिचौर बजार तनावग्रष्ट रहेको समेत स्थानीय पत्रकार दाना सुवेदीले बताउनुभएको छ । त्यस सुलिचौर बजारमा हाल स्थानीय र रोल्पा जिल्लाका जिम्मेवार व्यक्तिहरु उपस्थिति रहेका छन् । रोहीनपुनमगरको सव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरको बाहिर नै राखिएको छ । घटनाको थप अनुसन्धान बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख दिपक खढ्काले बताउनुभयो । रोल्पामा दिन दाहादै गोली हानेर मृत्यु भएको शान्तिप्रक्रिया यता पहिलो घटना हो ।

No comments

Powered by Blogger.