Header Ads

अर्काकी श्रीमतीसंग वडा अध्यक्ष रंगे हात पक्राउ ।

भदौ १८ बाग्लुङ्ग ।
बुर्तिबाङमा । वडा अध्यक्ष अर्कैको श्रीमति संग मोज गर्दै गर्दा रंगे हात पक्राउ परेका छन् । बडीगाड गाउपालिका वडा नं ७ का वडा अध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारको २५ बर्षिया श्रीमतिसंग कोठामा सगै बसेको भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास संग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्टाँई गरे ।

यादवले भने ‘उनका श्रीमान मानबहादुरले आज दिउँसो तीन बजेको समयमा उनिहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खवर गरेपछि हामीहरुले वडाध्यक्ष र ति महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं । यादवका अनुसार वडा अध्यक्ष ले उनै महिलाले बोलाएर आफु गएको बताएका छन । उनले भनेका छन – ‘उनले बोलाए पछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढोका थुनेका हुन ।



उनका श्रीमान बिदेशमा थिए । चार पाँच महिना अघि घर आएका उनले श्रीमतिको चाल-चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुर उनकी श्रीमतिको घर निसीखोला गाउपालिका १ हर्पे हो । श्रीमान विदेश हिडेपछि दुई छोराछोरी पढाउन भन्दै वुर्तिबाङ्गमा छोरा-छोरी पढाउन भन्दै डेरा गरी बसेका थिए । आफ्नो कोठामा वडाध्यक्ष आपत्तीजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ ।

अब भन्नुस् जनताको सेवाको लागि छानिएका मान्छे हरुले नै यस्तो घिन लाग्दो हर्कत गरे पछि हामीले कसलाई विश्वास गर्ने अब ।

No comments

Powered by Blogger.