Header Ads

१४ लाख हिनामिना गरेकाे आरोप । राेल्पामा एक वडा सदस्यकाे घर तालाबन्दी, जग्गा जनसत्ताकाे कब्जामा ।

भदौ १४, रोल्पा ।
राेल्पाका एक वडा सदस्यले लाखाै पैसा हिनामिना गरेकाे भन्दै नेकपाले ताला बन्दी र जग्गा  कब्जामा लिएकाे छ ।
माडी गाउँपालिका वडा नम्बर १ का  वडा सदस्य हरि प्रसाद घर्ती मगरले १४ लाख रुपैयाँ हिनामिना गरेकाे भन्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे जनसत्ताले घर ताला बन्दी र जग्गा  कब्जामा लिएकाे जनाएकाे छ । आय विवरणमा १४ लाख नदेखिएपछि जनता सँग छलफल नगरेर वडा सदस्य फरार भएकाे भन्दै जनताले गुनासाे गरेपछि अाफुहरूले कारबाही स्वरुप यस्ताे कार्य गरेकाे जनसत्ताका पिस्तुलले बताएका छन् ।
वडा सदस्य छलफलमा नअाएपछि अाज ५० जनाकाे सहभागीतामा उनकाे घरमा तालाबन्दी र जग्गा कब्जामा लिएकाे बताइएकाे छ ।

साभार
लेकाली अनलाइन बात ।

No comments

Powered by Blogger.