Header Ads

रोल्पाली नव आधुनिक गायिका पवी पुन

तिलक बुढा मगर "ठुले"
24-12-2016


गित संगीत मा निकैनै लगाब राख्ने पवी को स्थायी घर रोल्पाको कोर्चाबाङ हो आफ्नो जन्मभुमी र आफ्नो भेष भुषा लाई निकै नै मायागर्ने पवी ले केहिसमय अघि मात्र आधुनिक गीती एल्बम “जन्मभुमि” सार्वजनिक गरेकी छिन् ।

उनले उनको सामाजिक संजाल फेसबुक वालमा सो गीतको युत्युब लिंक सहितको स्तातुस पोस्ट गर्दै लेखेकी छिन..
मेरो प्यारो जन्म भुमी रोल्पा
बिशेषत यो रोल्पाली भुमिमा समर्पित गित हो ।
मैले आफ्नो जन्मभुमी प्रतिको मायालाई गित मार्फत प्रसतुत गरेको छु ।
त्यसैले आदरणीय आमा बुवा,दाजुभाइ,दिदीबहिनी,आफन्तजन र प्रिय मित्रजनहरु Plz सबैजनाले एक चोटी मेरो यो गित सुनिदिनुहोला अनि #लाईक_कमेन्ट _र _सियर गरिदिनुहोला भन्दै पोस्ट गरकी छिन् ।

सो एल्बम “जन्मभूमि” मा  सब्द अनि स्वर पवी को नै छ  भने संगीत मनोज थापाले दिएका छन् ।

मेरो प्यारो जन्म भुमी रोल्पा बोलको गितमा पवी ले हिमाल देखि बग्दै आउने मादिखोला खोला जलजलाको साथै लैबरी भाका नेपाली धाका टोपी,गुन्यो चोली अनि सधै भरि रोल्पा कै काख मा रम्न पाए हुन्थ्यो भन्दै सुरिलो स्वरमा गाएकी छिन् ।



No comments

Powered by Blogger.