Header Ads

रोल्पाली गायिका भुमसरी मगर लोक गीतमा जम्दै 

रोल्पाली गायिका भुमसरी मगर लोक गीतमा जम्दै


लोक तथा दोहोरी गायिकाहरुको भिडमा एउटा आफ्नै छुट्टै परिचय बनाउन सफल गायिका हुन भुमसरी मगर । बिक्रम सम्बत् २०५० साल पुष महिनाको २६ गते रोल्पाको मसिना १ उन्घामा जन्मियकी गायिका भुमसरी मगर सानै देखि गीत संगीतमा रुची राख्ने कलाकार हुन्। पछिल्लो समय “तातो लाग्यो  घाम हजुर तातो लाग्यो घाम” भन्ने गीत बाट उनि चर्चाको  शिखरमा पुग्न सफल भईन। गीत संगीत पेसा किन अंगाल्नुभयो भन्ने हाम्रो प्रश्नमा मगर भन्छिन<मलाई सुख दुखमा साथ् दिने भनेकै गीत संगीतहो त्यसैले मा गीत  संगीत मा लागेकी हु र निरन्तर लागिरहने छु।>



गायिका भुमसरी मगरले अहिले सम्म धेरै गीतहरुमा आफ्नो आवाज दिएकी  छिन। मगरको बस्ती भन्ने गीत पनी दर्शकहरुको रोजाई मा पर्न सफल  भएको गीत हो।छिट्टै अब बजारमा उनको नया गीति संग्रह आउने क्रममा  छ। उनि आफुलाई हजारौ कलाकारको भिडमा एउटा सफल गायिकाको रुपमा चिनिन चाहान्छिन ।
तनहुँ समाचार बात 




No comments

Powered by Blogger.