Header Ads

रोल्पा बनाउने हो भने .. ..

रोल्पा बनाउने हो भने .. ..

खेम बुढामगर
भालुबाङ देखि लिबाङ सम्मको सडक फराकिलो बनाईयोस, कम्तिमा डवल ल्याण्डको । लिबाङदेखि धबाङ हुदै थबाङ सडक तत्काल बनाईयोस र तुरुन्त कालो पत्रे पनि । सुलिचौर-पोबाङ हुदै उवा थबाङ सडक टु बनाई पिच गर्ने गरि क्रमागतमा राखियोस । लिबाङ-लाप्चुन-घर्तिगाउँ हुदैँ रुकुम जोड । तल्लो माडी र लुङ्री मात्र होइन माथिल्लो माडी र लुङ्री जलबिधुतको संरचना बनाउ । सहिद मार्ग थबाङसम्म तत्काल पिच गर । रोल्पाबाट सल्यान जोड । घर्तिगाउँदेखि जिनाबाङ हुदै सल्यान अनि रुकुम जोड अनि तत्काल पिच गर । रोल्पाका सबै गाबिस र वडाका गाउँ सडकले जोड । कृषि पकेट क्षेत्र बनाउ । पर्यटन योजना ल्याउ ।

अस्पतालको स्तरोन्नति गर, विशेषज्ञ डा. को व्यवस्था गर, ताकी देशका विभिन्न जिल्लाबाट उपचार गर्न रोल्पा आउन । उच्च शिक्षा र प्राविधिक शिक्षा दिने उच्च लेवलको कलेजको व्यवस्था गर, जुन शिक्षाका लागि उच्च अंक लिएका अरु जिल्लाबाट विद्यार्थी पढ्न आउनेछन । यि सब ठोस योजना बनाउ अनि रातो किताबमा पार । अनि पो नेता ।

अहिले रोल्पामा आईरहने मानिसको अलावा कम्तिमा पनि बर्षमा लाखौं मान्छे रोल्पा भित्र्ने, पढ्न आउने, उपचार गर्न आउने, अध्यन गर्न आउने, घुम्न आउने अवस्था नबनाई रोल्पाको विकास हुन्न । बिदेस र कालापहाड जाने रोल्पाली बोकेर बस गुडेर मात्र काम छैन, बरु रोल्पा आउने बाताबरण बनाएर यात्रुको रुपमा भित्र्याउन सक्ने सोच्नु पर्छ ।अनि यहाँ यातायातको व्यवसाय पनि फस्ताउँछ । नत्र अहिले भएका पनि के हो के हो !?

२ लाख २४ हजार रोल्पाली मध्ये ३० हजार बढी खाडीमा, त्यती नै संख्य कालापहाड र इट्टाभट्टामा । अरु गाउँमै कुतोकोडालो । यसरी कहिलै उन्नति हुनेवाला छैन । अन्य जिल्लाका मानिस रोल्पामा ल्याउने र अड्याउने संरचना नबनाई केहि हुनेवाला छैन अव । टुक्रे योजना र पैसा वाँडेर हुन्न । ति सँरचना बनाउने ठोस योजना ल्याउ सक्छौ भने ।

सभामुख ओनसरी घर्तिमगर, उप प्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, उपराष्ट्रपति नन्द बहादुर पुन सत्ता मै हुन्हुन्छ । उहाँहरु सबै रोल्पाली नै हो । बाँकी माननीय गोकुल घर्ती र अमरसिंह पुनमगर पनि हुनुन्छ । अहिले सत्तामा नभए पनि पुर्व अर्थमन्त्री बर्षमान पुन‘ रोल्पाकै हुनुहुन्छ । अरु थुप्रै नेता पनि हुनुहुन्छ ।

चाहने हो भने माथि उल्लेखित सँरचना बनाउन महाभारत हो जस्तो लाग्दैन । मुख्य सवाल देशका सबै ठाउँबाट रोल्पामा मोबिलिटी बढाउने स्किम हुनुपर्छ । चाहे ति उत्पादन खरिद गर्न आउन, चाहे अध्यन, चाहे पर्यटकका रुपमा, चाहे निरोगी बन्न उपचारमा यहाँ मान्छे भित्र्ने अवस्था ल्याउने नै हो ।

अव रह्यो, अहिलेको पुस्ता (नेता) ले नगरे अर्को पुस्ताले यो काम गर्नै पर्छ । भालुबाङबाट लिबाङ हुँदै थबाङ-रुकुम सम्म मात्र होइन मध्यपहाडी लोकमार्ग जोड्न कम्तिमा डवल ल्याण्ड (अझ फराकिलो) को सडक बनाउनेबाट काम थाल्नै पर्छ ।

रोल्पामै संभावना देखाए अरु जिल्लाबाट कमाउन मात्र होइन यतै घरजम गर्ने अवस्था आउछ/ल्याउनै पर्छ। त्यसो हुँदा रोल्पाली त झन बसाइँसराइ गर्ने कुरै हुन्न । लक्ष्य त अव बरु अन्य जिल्लाकालाई रोल्पा बसाइँसराइ गराउने हुनुपर्छ ।

—- —- —- —-

–  निजि बिचार

@Facebook : Khem Budha

@Twitter : Khem magar

No comments

Powered by Blogger.