Header Ads

रोल्पाको माडीचौर देखि काठमाण्डौंको लागि रात्री बस सेवा सुरु

रोल्पाको माडीचौर देखि काठमाण्डौंको लागि रात्री बस सेवा सुरु

असोज १, रोल्पा ।
जलजला यातायात व्यवसायी समिति रोल्पाले शनिवारदेखी रोल्पाको माडीचौर–काठमाण्डौं रात्री बस सेवा सञ्चालन गरेको छ ।

शनिवार पहिलो पटक माडीचौरबाट दिउसो पौने २ बजे काठमाण्डौका लागि रात्री बस सेवा सुरु गरेको जलजला यातायात व्यावसायी समिति रोल्पाका अध्यक्ष तेजबिक्रम रावतले जानकारी दिए ।

यात्रुहरुको माग अनुसार माडिचौरदेखी बस सेवा सुरु गरेको अध्यक्ष रावतले बताए । यसअघि समितिले रोल्पाको लिबाङ, रेउघा र सुलिचौरबाट रात्री बस सेवा सञ्चालन गर्दै आएको छ ।

यस्तै शनिवार देखीनै रोल्पाको घर्तीगाउँबाट पनि काठमाण्डौंका लागि रात्री बस सेवा पुनः सञ्चालनमा आएको छ । यसअघि वर्षाका कारण पहिरोले बाटो पटक–पटक अबरुद्ध हुदाँ बस सेवा बन्द भएको थियो ।
शहिदमार्ग सडक खण्ड अन्तरगत होलेरी–घर्तीगाउँ सडक मर्मत गरेपछि बस सेवा पुनः सुरु भएको हो । तुलसीपुर अनलाइनबाट 

No comments

Powered by Blogger.