Header Ads

रोल्पाकी छ दिन को सुत्केरी बेपत्ता


रोल्पाकी छ दिन को सुत्केरी बेपत्ता
रोल्पा समाचार साप्ताहिक लिबाङ रोल्पामा कार्यरत पत्रकार एवं कम्प्युटर अपरेटर दिलकुमारी बुढामगर सौडियार–१ अघरास्थित आफ्नै आफन्तको घरबाट ६ दिनको बच्चा छाडेर बेपत्ता भएका छन् । १८ गते राती करिव १२ः३० बजेतिर हराएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा प्रसूति हुनका लागि अलि कठिन हुने संकेत देखिएपछि जिल्ला स्वाथ्य कार्यालय रोल्पाले सुविधायुक्त अस्पतालमा रिफर गरेपछि महेन्द्र अस्पतालमा आफ्ना श्रीमान दिनेश बुढामगरसँग दाङ गएका थिए । महेन्द्र अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालेको ६ दिनमै बच्चा छाडेर हराएका छन् ।
बुढामगर करिव २०६९ सालदेखि रोल्पा समाचार साप्ताहिकको पत्रिकाको साजसज्जा (सेटिङ) को प्रमुख जिम्मेवारीमा रहेर कार्य सम्पादन गरिरहुनभएको थियो । झ्वाट्ट सुन्दा कुन आमाले आफ्नो नवजात शिसु छोडेर जान सक्छ ? पत्यारिलो नलाग्न सक्छ तर यो सत्य घटना हो । जेलबाङ–९ खिबाङका दिलकुमारी बुढामगर करिव २ वर्ष अगाडि कोर्चाबाङ–४ का रोल्पा समाचारमै प्रेस अप्रेटर प्रमुख दिनेश बुढामगरसँग विहे गरेका थिए । दिकुमारी बुढामगर प्रसूतीको समय हुन लागेपछि करिव एक महिना अघिदेखि विदामा रहेका थिए भने श्रीमान दिनेश गाउँमै तेक्वाण्डो प्रशिक्षण दिने भन्दै करिव २ महिनादेखि रोल्पा समाचारबाट विदा लिएका थिए ।
प्रसूतीका लागि दिनेश र दिलकुमारी रोल्पाबाट दाङ झरी महेन्द्र अस्पतालमा १३ गते शल्यक्रिया सफल भइ बाबु जन्भिएको थियो । छोराको मुटुको धड्कन बढी र जण्डिस समस्या देखिएकोले डाक्टरको सल्लाह अनुसार बुटवल मेडिकल कलेजमा लगिएको दिलकुमारी बुढामगरले १७ गते बताउनुभएको थियो । १८ गते विहान बच्चालाई डाक्टरले चेक गरेर समस्या नभएको बताइ दिएपछि खुशी हुँदै बुढामगरले भन्नुभयो ः –“ बच्चाको अवस्था ठीक नै छ रे अब फकिन्छौं सर लिबाङ तिर आएमै भेट होल्ला ।” आफूसँग बताएको समाचारका प्रकाशक मानसिंह बिकले बताउनुभयो । बच्चालाई समस्या भएको खवर पाएपछि १६ गते प्रकाशक बिक अस्पतालमा पुगेर १७ गते थप उपचारका लागि आफूले चिनेको डाक्टर बाल रोग विषेशज्ञ डाक्टर बद्री गुप्तालाई सम्पर्क पठाएको समेत जानकारी गराउनुभएको छ ।
दिलकुमारीले लिबाङ जान रुचाएपनि दिनेश स्वास्थ्यमा केही समस्या भएमा उपचार गर्न सहज हुने भन्दै सौडियार– १ अघरास्थित आफ्नै दाजुको घरमा बास बस्न पुगेका बेला ६ दिनकी सुत्केरी दिलकुमारी एकाएक मध्यरातमा हराएपछि दिनेश उनको खोजीमा भौंतारिइरहेका छन् । दिनेशका अनुसार १८ गते राती करिव ८ बजे दाजुको घरमा पुगेर खाना खाएर आफुहरु सुतेको समयमा करिव १२ः९ मा आफ्नो मोवाईलबाट “कान्छा, घर जाम् भन्दा मानेनौ, मलाई नखोज । मेरो उपचार गर्नुभन्दा नगर्नु नै बेस छ । भाइ (छोरा) लगेर राम्रोसँग पाल । कान्छी (नन्द)लाई राम्रोसँग पढाउनू । दिलकुमारीले आफ्नो मोबाइलबाट श्रीमान दिनेशको मोबाइलमा म्यासेज पठाएका छन् । यस्तो म्यासेज लेखेर दिनेशको मोबाइलमा पठाई दिलकुमारीले आफ्नो मोबाइल पनि सोही कोठामै छोडेका थिए । करीव १० बजेतिर सँगै सुतेको तर बच्चा रोएपछि दिनेश बिउँझिदा पौने १ बजेको थियो । श्रीमती दिलकुमारीलाई नदेखेपछि दिनेश खोज्दा पनि नदेखिएपछि परिवारहरुलाई खवर गरेर खोजेका थिए । दिलकुमारी बुढामगरका खोजिका लागि रोल्पा समाचार साप्ताहिकका प्रकाशक मानसिंह बिक लगायत समाचारको टोलीले रोल्पामा र दिनेशको लगायत परिवारको टोलीले दाङमा २ दिनसम्म खोजीकार्य राखेको थियो । २ दिनसम्म पनि कुनै पत्ता नलागेपछि प्रकाशक मानसिंह बिक र खेमराज गाउँले दाङ गएर दाङका पत्रकार एवं सुरक्षा निकायसँग भेट गरेको थियो ।
२५ गतेसम्म नभेटिएपछि आफन्तजन र समाचार परिवारहरुले निरन्तर चारै तिर सम्पर्क गरी खोजीकार्यलाई अगाडि बढाएका छन् । निलो म्याक्सी लगाएकी करिव ४ फिट उचाई गहुगोरो वर्ण वर्ष २५ की दिलकुमारी बुढामगरलाई फेला पारेमा श्रीमान दिनेश बुढामगरको मोवाइल नं. ९८६७७९३४९१ वा ९८४७९९६४२०, जिल्ला प्रहरी कार्यालय रोल्पाको ०८६–४४०१९९ रोल्पा समाचार साप्ताहिको ०८६–४४०२३८ मा सम्पर्क गरि दिनका लागि समेत परिवारहरुले अनुरोध गरिएको छ । यसैगरी दाङ जिल्लाकोलागि जिल्ला प्रहरी कार्यालय दाङको कन्ट्रोलरुपमा सम्पर्क गरिदिनका लागि अनुरोध गरिएको छ । यस विषयमा श्रीमान दिनेशले जिल्ला प्रहरी कार्यालय दाङमा खोजिकार्यका लागि भनेर निवेदन दिएका छन् भने माइटीपक्षबाट जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दर्ता गराएका छन् । यस्तै रोल्पा समाचार साप्ताहिकका तर्फबाट पनि सो विषयमा अग्रसरता देखाइ दिन अनुरोध गरिएको छ । यस विषयमा प्रहरीले चासो नदिएको परिवारको गुनासो छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले दाङसँग सम्पर्क गरिरहेको तर केही खवर नआएको बताउनुभएको छ । यसलाई अलि गति दिनुपर्ने बताउनुभयो ।
रोल्पा समाचार साप्ताहिक पत्रिकाको कम्प्युटर प्रमुख लगनशील र कतव्र्यनिष्ट साथै इमान्दार कर्मचारी दिलकुमारी बुढामगरको खोजी तथा अनुसन्धानमा सहयोग गरिदिनका लागि सुरक्षा निकाय, अन्य सरोकारवाला निकायसँग रोल्पा समाचार साप्ताहिकले अनुरोध समेत गरेको छ ।
#copy

No comments

Powered by Blogger.