Header Ads

साउदीको जेलमा दुई साल देखि जेलजीवन विताई रहेका दिलबहादुर रिहा ।

दिलबहादुर घर्ति जेलबाट रिहाई ।

६५ लाख ब्लडमनि तिर्न नसक्दा साउदीमा जेलजीवन बिताइरहेका रोल्पा नगर पालिका धबाङ निवासी दिलबहादुर जेलबाट रिहाई भएका छन्। दिलबहादुर घर्तीलाई साउदी अरबको अदालतले सवारी दुर्घटनाका कारण स्थानीय नागरिकको ज्यान गएको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

दिलबहादुर घर्ति बचाउन ब्लडमनि सङ्कलन अभियान मुल समिति,

को अन्तिम जानकारी जस्ताको त्यस्तै ।


विगत दुईवर्षदेखि साउदि अरेबियामा जेल जीवन बिताईरहेका रोल्पा निवासी दिलबहादुर घर्ति जेलबाट रिहाई भएको सम्पुर्ण सरोकारवाला, आर्थिक सहयोगी सम्पुर्ण दाताहरुलाई जानकारी गराउन चाहान्छौ ।
हामिले ९० दिनको अबधिमा अभियान पुरागरि गत महिनाको ३०गत्ते नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री ज्यूलाई आबश्यक रकम हस्तान्त्रण गरेका थियौ । रकम बुझाएको ठिक २१ दिनमा दिलबहादुर साउदिको जेलबाट नेपाली दुताबास साउदिको रोहबरमा रिहाई भएका छ्न्।



तर साउदि सरकारको नियम अनुसार अब ट्राफिक कार्यलयमा केहि प्रकृया वाँकी रहेको र आफु कार्यरत कम्पनिबाट नेपाल फिर्ताको लागि केहि कागजी प्रकृया मिलाउनु पर्ने भएकोले दिलबहादुर नेपाल आउन अझै केहि दिन लाग्ने र अहिले दिलबहादुर नेपाली दुताबासको रोहबरमै रहेको कुरा पनि यसै फेसबुक मार्फत सबैलाई जानकारी गराउन चाहान्छौ ।


हामीलाई जानकारी भए अनुसार अहिले सम्मको यस्तो केसमा कम्तिमा १ महिना १५ दिन देखि ६ महिना सम्मको समय लागेको थियो तर हामी सबैको निरन्तर पहलबाट छिटो कुटनैतिक पहल गरिदिनुहुने नेपाल सरकार र सरोकारवाला र सम्माननिय र माननीय ज्यूहरु र साउदि स्थित नेपाली दुतावस लाई धन्यवाद दिन चाहान्छौ ।
दिलबहादुर घर्ति बचाउन ब्लडमनि सङ्कलन अभियान मुल समिति, ।


No comments

Powered by Blogger.