Header Ads

मुक्तककार भुमा मगर का मुक्तक हरु ।

मुक्तककार भुमा मगरका केही मुक्तकहरु ।

#१
धेरै भयो बोलि बन्द रिसाएर हो कि !
तिम्रो माया अन्तै तिर मिसाएर हो कि !
दुई चार महिना भयो हेर तिमि टाढीएको
शंका लाछ अन्तै माया बिसाएर हो कि !

 


#२
अझैसम्म कसैको म प्यार भएन ।
खुलेरै बाच्न सक्ने संसार भएन ।
जताततै महङ्गी अनि कर बढेसी,
जनतालाई हेर्ने सरकारको व्यवहार भएन ।




#३
हरियो चुरा हात मा मेहेन्दी भर्ने दिन आयो ।
मन मा खुसी ओठमा हासो छर्ने दिन आयो ।
आउने त यो दिन धनिलाई मात्र आउने गर्या छ,
गरिबलाई भने आखा मा आँसु पर्ने दिन आयो ।।




#४
तिमी मैले पाउछु भन्ने आसै भएन ।
तिम्रो दिलमा हेर म बस्ने बासै भएन ।
बस्नलाई खाली ठाउँ हेरेकी थिए मैले,
तर अहँ आज आएर त्यो ठाउँ पासै भएन ।


#५
थोरै हासो धेरै आँशु दिएर गयौ ।
खुशीहरु सबै आफै लिएर गयौ ।
यसैगरी कति दिन बाचुलार म,
अरुलाई मारी आफू जिएर गयौ ।।



#६
आफू खुसी अरुलाई दुखी पार्छु भन्दिन म ।
बारिमा फुलेको फुललाई अन्तै सार्छु भन्दिन म ।
बरु आफै दुखी भै किन बाच्न नसकुला र ,
तर आफू बाची अरुलाई   मार्छु भन्दिन म ।।



#७
हुँदै नभाको हल्ला चलायौ तिमिले ।
सलाई बिनाको आगो बलायौ तिमिले ।
सङ्का को कुरा मात्रै किन गर्छौ,
बनाउदै गरेको घर ढलायौ तिमिले ।।



#८
माया लगाम म बाट घात हुदैन भन्थ्यौ ।
लगाई सकेर पछि बर्बाद हुदैन भन्थ्यौ ।
कसै सङ्ग केही कुरा गरे पनि तिम्ले,
पछि आएर त्यही कुरा को संवाद हुदैन भन्थ्यौ ।।



#९
रङ्गिन सपना सोच्या थिए सादा भयो आज ।
हिड्डा हिड्डै बिचबाटो मा आधा भयो आज ।
यता जान्छु उता जान्छु गन्तव्य को यात्रामा,
जाँदै थिए बिचबाटो मा बाधा बाधा भयो आज ।।




#१०
जे काम सोच्छु तेहि काम हुन्न कैलै पूरा ।
हिड्डा हिड्डै बिचबाटो मा गाडी दिन्छ छुरा ।
कस्तो अचम्म को छ है यो संसार पनि ,
यता जान्छु उटा जान्छु लगाइ दिन्छ कुरा ।।




#११
जे कुरा गर्दानी तर्किएर जान्छौ किन ।
मलाई देख्दा टाढैबाट फर्किएर जान्छौ किन ।
के कुराको खोट भयोर म मा त्यस्तो खै कुन्नि,
बोलाउन खोज्दा रिसले, झर्किएर जान्छौ किन ।।



#१२
कहिले आशु कहिले हासो चलिराछ अचेल ।
बाहिर   खुसी भित्र आगो बलिराछ अचेल ।
मलाई मत्रै हो कि अरुलाइ नि हुन्छ यस्तै,
बाहिर जति हासे पनि भित्र मुटु गलिराछ अचेल ।।



#द१३
तिमिलाइ मैले मेरो कहानि बटाउ कसरी ।
बिर्सनै नसकिने मायालाइ हटाउ कसरी ।
यो मुटुमा तिम्रै नाम लेखिदिएकी छु,
जानी जानी तिम्रो नाम कटाउ कसरी ।।



#१४
मुखमा राम राम बगलिमा छुरा हान्नेहरु धेरै छन् ।
बाहिर   ठिक्क   भित्र खुट्टा   तन्नेहरु धेरै छन् ।
के भाको होला हाम्रो देशमा बुझ्न चाहान्छु म यहाँ,
राम्रा कुरा भन्दा नराम्रा कुरा मान्नेहरु धेरै छन्  ।।



#१५
धन भयो भन्दैमा कहिलै मातीनु हुदैन ।
रात भयो भन्दैमा कहिलै आतिनु हुदैन ।
म पनि त हिड्दै थिए त्यही बाटो मा,
धैर्य गर्नु पालो पक्कै आउला तातीनु हुदैन ।।

लेखिका भुमा बाठा मगर
मादिगाउपलिका २ ।

No comments

Powered by Blogger.